दफा ४४
प्राचीन मूर्ति तथा गरगहनाको सम्बन्धमा
(१)राजगुठीका महन्त, पूजारी, गुठियार तथा अन्य रकमीहरूले आफ्नो जिम्माको देवी–देवताको प्राचिन मूर्ति गरगहना, भाँडा–वर्तन आदि सुरक्षित हुने गरी त्यसको अद्यावधिक लगत बनाई संस्थानबाट जँचाई राख्नु पर्नेछ ।
(२) त्यस्तो महन्त, पूजारी, गुठियार, तथा अन्य रकमीहरूको अदलीबदली हुँदा आफ्नो जिम्माको लगत बमोजिमको मालसामान बरबुझारथ गर्नु पर्नेछ ।
(३) राजगुठीका देवी–देवताको बेचल्तीका गरगहना, भाँडा–वर्तन आदि सामानहरू जिम्मा लिने व्यक्तिले सो सामानहरू संस्थानमा सुरक्षितसाथ राख्न चाहेमा निजले सो सामानहरू संस्थानमा बुझाउन सक्नेछ । संस्थानले चाहेमा त्यस्तो गरगहना भाँडा– वर्तनहरू संस्थानमा बुझाउन लगाउन सक्नेछ ।